१७१ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, १२ वटामा सकारात्मक सर्किट, कुनले कतिले बढ्यो ?
२८ श्रावण २०८१, सोमबार १५:०९
काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २९३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै १७१ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा १२ वटा कम्पनीको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय दैनिक जसो शेयर बजार बृद्धि हुदै गएको छ ।
आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, शुभम पावर, भिजन लुम्बिनी उर्जा लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।