निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु

२८ श्रावण २०८१, सोमबार १४:४८

काठमाडौँ । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरु आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् ।

कुवेतमा रहेका नेपालीहरुले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाहरु बाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने “हामी अब अल–एक्तसाद युनाइटेड एक्सचेन्ज सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*