प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
२८ श्रावण २०८१, सोमबार ०८:२५
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी आभा खत्रीको नामको ४७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी पुनः बिक्रीमा राखिएको छ ।
शेयर खरीद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
[email protected]
[email protected]
Saraw sadharan kinna pauxa
Yes
Kk process
can i apply online ?
out of valley ko manchey la kasheri kinney share haru chai ? specially pokhara bata