फेरी ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

८ भाद्र २०७८, मंगलवार १२:२८

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाले बढेको छ । सोमबार पनि सुनको मूल्य तोलामा २ सयले बढेको थियो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया र तेवाबी सुनको मूल्य ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैया र तेजाबि सुन ९० हजार ६ सयमा कायम गरिएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार १९० मा कारोबार भएको चादी आज भने तोलामा १० रुपैयाले बढेर १ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*