छोरालाई जन्मदिनमा सिटिजन जीवन सारथी बीमा योजना उपहार
काठमाडौं । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ ।
यसैक्रममा, तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ स्थायी ठेगाना भइ पञ्चपुर नगरपालिका बरैचे सुर्खेतमा बस्दै अमएबम स्थानीय धर्मराज उपाध्याय (लम्साल)ले बीमा योजना खरीद गरी आफ्नो छोरालाई उपहार दिएका छन् ।
सिटिजन लाइफ इन्स्योन्स कम्पनी लिमिटेड सुर्खेत शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्साल मार्फत धर्मराजले छोरा कपिल लम्साललाई सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् ।
साउन २७ गते आइतबार कपिल लम्सालको जन्मदिनमा अबसरमा सिटजन लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शखाका शाखा प्रबन्धक नम बहादुर खड्काले उक्त बीमा योजना हस्तारण गरेका हुन् ।
जीवन सारथी बीमा योजनाले जीवन बीमा इतिहासमा ‘नेपालमै पहिलो पटक बीमाङ्क रकमको दुई गुणाको साथै बोनस रकम त्यो पनि आफ्नै पालामा’ भन्ने नारालाई सार्थक तुल्याउन यस कम्पनीले प्रचलनमा ल्याएको सिटिजन जीवन सारथी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै बीमितको वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि बीमा अवधिभित्र बीमा परिपक्क मितिमा बीमाङ्क रकम तथा नियमानुसार बोनस रकम तथा बीमा परिपक्क मिति पछि निश्चित समयको अन्तरालमा निश्चित किस्ताबन्दीमा थप बीमाङ्क रकम बीमितलाई भुक्तानी गर्दछ ।
बीमाको इतिहासमै यो बीमा योजना उत्कृष्ट बीमा योजना हो ।
बीमा सबैका लागि आवश्यक भएको शाखा प्रबन्धक खड्काले बताए। ‘भोलिका दिनमा कसलाई के हुन्छ भन्न सकिदैन’, उनले भने, ‘बीमा गरेपछि जोखिम बहन सँगै बचत पनि हुन्छ ।’