डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

८ भाद्र २०७८, मंगलवार १२:०६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिष्णु प्रसाद पाठकको नाममा रहेको शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक समूह तर्फको पाठकको नाममा रहेको जम्मा ३५ हजार कित्ता शेयर प्रति शेयर ६८५ रुपैयाँ अंकित दरमा बिक्री गर्न लागेको हो । खरिद गर्ने शेयरधनीले सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

इच्छुक शेयर खरिद गर्न चाहने विद्यामान संस्थापक शेयरधनी वा अन्य व्यक्ती संघ संस्थाले भदौ २८ सम्म सानिमा क्यापिटल लिमिटेड पुतलिसडक काठमाडौंमा आवेदन दिनसक्ने छन् ।

आवेदन दिदा प्रतिकित्ता शेयर के कति दर रेटले खरिद गर्न चाहेको हो सम्पूर्ण विवरण खुलाई आवेदन दिन आग्रह गरेको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*