रुरु जलविद्युतकोे दुई वर्षको वार्षिक साधारण सभा असोज १६ गते, नगद लाभांश दिने

८ भाद्र २०७८, मंगलवार ११:४०

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा विगत दुई आवको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते आह्वान गरेको हो ।

कम्पनीको भदौ ७ गते संचालक समितिको बैठकले कम्पनीको रजिष्टार्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांससमेत पारित गर्ने एजेण्डा रहेको छ । साथै सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि १०.५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/०७८ का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सर्वसाधारण तर्फबाट एकजना र संस्थापक तर्फबाट पाँच जना संचालकहरुको मनोनयन समेत गर्ने एजेण्डा रहेको छ । त्यस्तै एकजना स्वतन्त्र संचालकको नियुक्ति समेत सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*