इन्फिनिटी लघुत्तिको ३७ हजार कित्ता शेयर बिक्रीमा

२७ श्रावण २०८१, आईतवार १०:२१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक शेयरधनीको नामको ३७ हजार ८८७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । तर ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर खरीद नगरेको खण्डमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला हुनेछ ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*