ग्लोबल आइएमई लघुवित्तको नाफा ४६% वृद्धि, ईपीएस कति?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४६.८० प्रतिशत खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो । जबकी अघिल्लो वर्ष कम्पनीले ९ करोड ६५ लाख १३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ थियो ।
गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ७ करोड २१ लाख ४६ हजार रुपैयाँबाट १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । ६ करोड ४७ लाख ७५ हजार वितरणयोग्य नाफा रहेको यस कम्पनीको गत वर्ष सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष १३ करोड ८६ लाख ९३ रुपैयाँ मात्रै थियो ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ५९ पैसाबाट बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात ५९.६३ गुणा र तरलता अनुपात ४.५६ प्रतिशत छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।
गत वर्ष कम्पनको ग्राहकमा प्रवाह गर्ने कर्जा १७.३७ प्रतिशतले बढेर ८ अर्ब ५२ करोड ५१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १.६१ प्रतिशतले घटेर ३ अर्ब ७ करोड ४ लाख ९० हजार रुपैयाँमा झरेको छ ।