हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले ५०% हकप्रद जारी गर्ने

२७ श्रावण २०८१, आईतवार ०८:५४

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

यसका लागि कम्पनीले भदौ ११ गते मंगलबार अपरान्ह ४ बजे कम्पनीको मुख्य कार्यालयमा विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने र नवनियुक्त सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस कम्पनीको मुख्य कार्यालय काठमाडौैंको रानीबारी–३ मा अवस्थित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*