सिटिजन्स क्यापिटलले १५% लाभांश बाड्ने, डाक्यो साधारणसभा
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश प्रस्तावसहित भदौ १७ गते सोमबार १८औं वार्षिक साधारणभा डाकेको छ । कम्नपीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको ज्ञानेश्वरस्थित एटिक मिटिङ्ग हलमा विहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख रुपैयाँ कर सहित नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने एजेण्डा रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले भदौ ६ गते बुक क्लोज गर्नेछ । सोका अनुसार भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।