साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । यो साता शेयर बजार १०।७६ अंकले वृद्धि भएको छ ।
आइतबार भोटो देखाउने जात्रा भएका कारण यो साता चार दिन मात्रै शेयर कारोबार भयो । साताको तीन दिन बजार बढ्यो भने एक दिन मात्रै बजार घटेको छ। अघिल्लो साता २ हजार ७५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७६६।३८ को विन्दुमा बन्द भएको छ । यसलाई आधार मान्दा बजार १०।७६ अंकले मात्र बढेको छ । अघिल्लो साता चाहिं बजार १८७ अंकले बढेको थियो ।
त्यसो त अघिल्लो साता भने चार कारोबार दिनमा तीन दिन बजार बढेको थियो भने एक दिन मात्रै बजार घटेको थियो । यो साता ८३ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने अघिल्लो साताको पाँच कारोबार दिनमा करिब ९६ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
उत्ता यो साता तिब्र बजार उतारचढावका बीच बजार पूँजीकरण ४३।९१ अर्ब रुपैयाँ पुगेको छ । तर अघिल्लो साता भने बजार पूँजीकरण ४३।७२ खर्ब रुपैयाँ थियो । यसलाई तुलना गर्दा यो साता बजार बढेका कारण १९ खर्बले बजार पूँजीकरण पनि बढेको छ ।