बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र बिष्टको सफलता

‘बैंकको जागिर खाइरहँदा नपाएको खुशी भेटे’
राजन कठायत 
२५ श्रावण २०८१, शुक्रबार १९:०६

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका सिनियर एजेन्सी म्यानेजर अग्र विष्टले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेका छन् ।

सायद अब उनलाई फेरि ती अफ्ठ्यारा घुम्तीहरूमा ठोकिन पर्नेछैन । ती अप्ठ्यारा घुम्तीहरू पार गर्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो सहयोग गरेको छ । जीवनको उर्वर शक्ति बैकिङ्ग क्षेत्रमा समय बिताएका विष्ट विगत ६ वर्षदेखि बीमा व्यवसायमा तल्लिन रहेका छन् ।

प्रत्येक मानिसले सफलता प्राप्त गर्न निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेका कालिकोटका विष्ट । उनी सिटिजन लाइफ इन्स्योरेन्सको जमल शाखा कार्यालयमा सिनियर एजेन्सी म्यानेजरको रूपमा आवद्ध रहेका छन् । कालिकोट जिल्लाको कोटवाडा माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका विष्टले भारतबाट आई कम र कैलाली बहुमुखी क्याम्पसबाट स्नातक उत्तिर्ण गरेका हुन् ।

विगत ६ वर्षदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेका विष्टले आफूलाई उदाहरणीय र व्यवसायिक बीमा अभिकर्ताको आफ्नो अलग्गै परिचय बनाउन सफल भएका छन् । बीमा बाहेक संगीत तथा खेलकुद क्षेत्रमा समेत रुचि भएका विष्टले सयौं नागरिकहरूको बीमा गराई जीवन रक्षावरण गर्न सफल भएका छन् । आफ्नो जिवनमा थुप्रै क्षेत्रमा काम गरेर अनुभव बटुलेका विष्टले अन्ततः बीमा अभिकर्ता पेशालाई सर्वोपरी मानेर जिवन बिताउने उद्देश्य रहेको विष्ट सुनाउँछन् ।

बीमा क्षेत्रमा आवद्ध अधिकांश अभिकर्ताहरूले बीमालाई पार्टटाइम वा खेर गइरहेको समयको सदुपयोग गर्ने पेशाका रूपमा लिएका छन् । यसका ठीक विपरीत अग्र विष्टले बीमालाई व्यवसायिक पेशा बनाएका छन् । शुरुमा बीमाबारे खासै ज्ञान र रुचि नभएका विष्टको अभिकर्ता पेशामा आवद्ध भएपश्चात आत्मविश्वास बढ्नुको साथै आर्थिक रुपमा पनि सहज भएको बताउँछन् ।

निरन्तर बीमा व्यवसायमा आवद्ध भएर गाउँसमाजका बालबालिका तथा नागरिकको बीमा गराई जीवन रक्षावरण गर्न सफल साहसी बीमा व्यवसायी हुन् । ‘पहिलाका बीमा अभिकर्ताहरुले राम्रोसँग बुझाउँन नसक्दा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न गाउँहरुमा बसोवास गर्ने नागरिकहरूको बीमाप्रति नकारात्मक धारणा रहेको छ ।’ उनले भने ।

शुरूमा कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्र्ण गरेका विष्ट राष्ट्रिय वाणिज्य बैंकमा लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल बीमा अभिकर्ता व्यवसायमा आवद्ध भएपछि व्यवसायिक सफलताको हात पार्न सफल विष्टले अझै दह्रो आत्मविश्वास, मनग्य आम्दानी र सम्मान समेत प्राप्त गर्न सफल भएका छन् । परिवारबाट पूर्णसाथ सहयोग पाएका विष्टले आफ्नो छोराहरूलाई बीमाको आम्दानीबाटै उच्च शिक्षा प्रदान गर्न सफल भएको बताउँछन् ।

‘म बीमा गराउन बजारमा जाँदा नागरिकहरूले बीमा गर्नुभन्दा बैंकमा बचत गर्नु उचित हुने तर्क दिन्छन् । उहाँहरुलाई जीवन रक्षावरण हेतु बीमाको विकल्प नभएको कुरा राम्रोसँग बुझाएपछि मात्रै बीमा गर्न तयार हुनुहुन्छ । बैंकमा बचतमात्रै हुन्छ, तर बीमामा बचतका साथसाथै जीवन रक्षावरण पनि कुरा हुने स्पष्ट पारेपछि मात्रै नागरिक बीमा गर्न तयार हुन्छन् ।’ उनले नागरिकहरूलाई बीमाको लागि प्रस्ताव गर्दा शर्तमा रहेका कुराहरुमा स्पष्ट पारेर मात्र बीमा गराउने गरेको बताए । केही खराब आचरण र गलत नियत भएका अभिकर्ताका कारण व्यवसायिक अभिकर्ताहरुलाई केही अप्ठ्यारो पर्ने गरेको उनको धारणा छ ।

बजारमा थुप्रैले अभिकर्ता लाईसेन्स लिएका हुन्छन् । तर, नागरिकले विश्वासिलो, परिचित र व्यवसायिक अभिकर्तासँग मात्र बीमा गराउने गरेको विष्टको बुझाई छ । ‘बीमा गराउँन नागरिकहरुलाई शर्तमा भएका कुराहरु मात्र उल्लेख गर्नुपर्ने हुन्छ । शर्त बाहेकका अनावश्यक कुराहरु भनेर बीमा गराउँदा पछि अप्ठ्यारो पर्ने र कम्पनीप्रति बीमितको धारण नकारात्मक पर्न जान्छ । त्यसैले शर्त वमोजिम नै बीमा गराउन आवश्यक छ ।’ उनले भने ।

बीमा क्षेत्रमा आवद्ध भएको यस अवधिमा करिव पाँचसय नागरिकहरुको बीमा गराएका उनले कुनै समय बीमा दावी दिनु परेको अवस्थामा बीमितको घरमा नै गएर बीमा दाबी भुक्तानी दिने, उनीहरुलाई आवश्यक परेको अवस्थामा ऋण सुविधा समेत उपलब्ध गराउने उद्देश्य रहेको बताउँछन् विष्ट ।

नागरिकले बीमा दाबी भुक्तानीको समयमा भोग्नु परेका समस्याले गर्दा बीमा सम्बन्धी झन् नकारात्मक धारणा फैलिएको उनको बुझाइ छ । विष्टका अनुसार अभिकर्ता भनेको कम्पनी र बीमितबीचको पुल हुन् । सफल र व्यवसायिक अभिकर्ता हुन आफ्ना बीमितप्रति सँधै इमान्दार र उदार रहनुपर्ने उनको धारणा छ ।

कम्पनीले आफ्नो हरेक काममा साथ, सहयोग दिएको र आफूले पनि स–साना गरी छरिएर रहेको पुँजीलाई बीमा मार्फत संकलन गरी देश निर्माणमा समेत टेवा पुयाउन पाउँदा खुशी लाग्ने गरेको सुनाइन् । ‘नेपालमा अन्य थुप्रै बीमा कम्पनीहरू रहेका छन् र मलाई बिभिन्न कम्पनीबाट आफ्नो कम्पनीमा अभिकर्ता भएर आउन अफर समेत आउने गरेका छन् । तर म कुनै पनि कम्पनीमा गइनँ किनभने सिटिजन लाइफ इन्स्योरेन्सको गुणस्तरीय व्यवस्थापकीय पक्ष र दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएर बीमितप्रति इमान्दार भई कारोबार गर्दै आएको छ ।’

भिडियोः

 

मानिसको जीवनमा बीमाको महत्व धेरै नै हुन्छ । तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरीब र न्यून् आय भएका जनताको पहुँचमा पुग्न सकेको छैन । ‘नेपालको मात्र नभई विश्व बीमा बजार नै बीमा अभिकर्ता विना अपूर्ण छ । देशको दूर–दराजमा बीमाको दायरा बढाउन जीवन बीमा कम्पनीले व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी छ । यस्ता कुरालाई नियमनकारी निकायले विशेष प्राथमिकतामा राख्नुपर्छ ।’

नियमनकारी निकाय बीमा प्राधिकरण, स्वयम् कम्पनी र अभिकर्ताहरूले बीमा सचेतनाको लागि मिलेर काम गर्नुपर्छ । बीमाले नागरिकको जीवन रक्षा, आर्थिक दायित्व र जोखिम वहन गर्नुपर्ने बुझाइ छ । बीमा भन्ने चीज आवश्यकता परेको बखत गर्न नपाइने हुँदा आजै बीमा गरेर भविष्यमा आइपर्ने आपतबाट बच्नुपर्छ ।

नियमनकारी निकाय बीमा प्राधिकरण मा दक्ष जनशक्ति नहुँदा र बीमा सचेतना प्रभावकारी नहुँदा आम नागरिकहरुबीच बीमा प्रति नकारात्मक धारणा अझै कायम रहेको विष्टको बुझाई छ । ‘अभिकर्ता पेशालाई थप मर्यादित बनाउन बीमा प्राधिकरण, कम्पनी र अभिकर्ताबीच त्रिकोणात्मक छलफल भएर अभिकर्ताहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी बुक बनाएर दैशैभरीका अभिकर्ताहरुलाई वितरण गर्नुपर्छ ।’

उनको परिवारमा श्रीमती र २ छोराहरु छन् । परिवारको पूर्ण साथ सहयोग पाएका विष्टले गत आर्थिक वर्षको अवधिमा सिटिजन लाइफको गोल्ड क्लवमा समेत परेर सिटिजन लिडर्सबाट सम्मानित भएका छन् ।

करिब ३० वर्षको अवधिमा वित्तीय क्षेत्रमा बिताएका विष्टले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर अग्र बिष्टसँग बीमा पोष्टका लागि राजन कठायतले गरेको कुराकानीमा आधारित प्रस्तुत विचारः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*