नवप्रवेशी लगानीकर्तालाई डुबाउन समाजिक सञ्जालदेखि क्लब हाउस आतङ्क, नियमन फितिलो हुँदा मौलाउँदै चलखेल
काठमाडौँ । नेपाली पुँजी बजार सकारात्मक यात्रामा लम्कि रहेको छ । विगत तीन वर्षदेखि थला परेको शेयर बजारले आफ्नो लय समालि रहेको हो । बजारमा आइरहेको उमंगले शेयर लगानीकर्ता उत्साहित बनि रहेका छन् । जसले गर्दा पछिल्लो समय कारोबार रकमले नयाँ एतिहासिक रेकर्ड बनाउँदै अघि बढी रहेको छ । परिसूचक समेत निरन्तर बढ्दो क्रममा रहेको छ ।
बजारमा देखिएको सुधारसँगै अहिले क्लब हाउस आतङ्क समेत बढ्दो क्रममा रहेको छ। यति बेला विभिन्न सञ्चार माध्यम र सामाजीक संजालमा भ्रम छर्ने पनि काम भै रहेको छ । क्लब हाउस आतङ्क त यति फैलीएको छ कि कुनै कम्पनी र बजारलाई नै नकारात्मक प्रभाव पारेको भनेर विश्लेषण भै रहेको छ । विभिन्न विषयवस्तुका बारेमा छलफल हुने क्लव हाउस लाई सूचना तथा ज्ञानको हिसाबले उपयोगी पनि देखिन्छ । तर यसै लाई आफ्नो निहित स्वार्थका लागी विभिन्न ब्यक्तिले मिस युज गर्दै आएका छन ।
नेपालमा मात्रै नभएर विकसित देशहरुका लगानीकर्ताले पनि क्लब हाउसमा छलफल गरेका हुन्छन् । तर नेपालमा सेयर बजारका बारेमा सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुन थालेपछि यसले दिर्घकालीन असर पर्ने होकी भन्ने चिन्ता पनि निम्त्याएको छ । क्लब हाउस आफ्नो स्क्रिप्टका बारेमा बढाइचढाइ गर्ने, कहिले त लाइभ बजार चलेको बेलामै खरिदबिक्रीका लागि उस्काउने तथा जुँगाको लडाइँ लड्ने थलो बनेको आभास हुने गरेको छ ।
कारोबार समयमा नै भइरहेका मनपरी कार्य रोक्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड चुक्दै आइरहेको छ । पछिल्लो समय कारोबार चलि रहेको बेला केहि ठुला भनौदा लगानीकर्ताहरुले कम्पनीको नाम नै खुलाएर समाजिक सञ्जाललगायत क्लब हाउसमा यसको मूल्य यति पुग्छ वा त्यसको मूल्य यति पुग्छ भनेर लगानीकर्तालाई प्रभावित पार्ने काम गरी रहेका छन् । अझ वित्तीय अवस्था (नाफा, नेटवर्थ, इपिएस र वितरणयोग्य नाफा) धरापमा रहेका कम्पनीहरुको शेयर मूल्य उचाईमा पुगेको देखिन्छ । यसबाट सोझा लगानीकर्ता ठगेर ठुला लगानीकर्ता एक्जिट हुने सम्भावना प्रबल हुन्छ । जसले गर्दा नवप्रवेशी लगानीकर्ताको लगानी डुब्ने गरेको छ ।
कुनै कम्पनीको वासलात, नाफानोक्सान, प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा र कम्पनीको भावि योजना प्राविधिक र वैज्ञानिक पक्षको अध्ययन गरेर लगानी गर्नेहरू बढी घाटामा गएका छन् । मार्केटमा कम्पनीको नेटवर्थ हेरेर लगानी गर्ने हो तर नेपाली शेयर बजार जो कम्पनीको वित्तीय अवस्था नाजुक छ त्यहि कम्पनीले सकारात्मक सर्किट हानेको देखिन्छ । अझ अहिले विश्व बजार पेनिक अवस्थामा रहेको छ । विश्वभरी नै शेयर बजारमा भारी गिरावट आउँदा नेपाली बजार भने एकाएक उचालि रहेको छ । त्यहि माथि वित्तीय अवस्था नाजुक भएका कम्पनी चल्नुलाई कतिपयले माफियाको चलखेल भनेका छन् ।
बाहिरी राष्ट्रहरुलाई हेर्न हो भने नियामक निकायहरूबाट अनुुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघ–संस्थाले विस्तृत अध्ययनका आधारमा मात्र दोस्रो बजारको सूचकांक, सूचीकृत संस्थाको सेयर मूल्यलगायत विषयमा भनौदा र नीतिगत पहुँचमा समेत रहेका लगानीकर्ताले एकैपटकमा पाँच–छ सयभन्दा धेरै मानिसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति कारोबार समयमा नै दिएको देखिन्छ ।
नियामक निकाय बेखबर
पुँजी बजारको अभिभावक धितोपत्र बोर्ड कारोबार समयमा नै मनपरी बोल्नेहरुलाई कारबाही गर्ने उदासिन देखिएको छ । कानुनको एकातर्फ उचित कार्यान्वयनको बोर्डले गर्ने सकेको छैन । अर्का तिर अनुगमनमा समेत हुने गरेको देखिदैन । शेयर बजारलाई प्रभावित पार्नेगरि स्क्रिप्ट नै तोक्नु, चर्चा गर्नु, किनबेचका लागि प्रोत्साहन गर्नु वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बजार ’म्यानुपुलेट’ गर्नु लगायतका कामलाई कानूनविपरीत हुने ठहर गरेको छ । अझ सामाजिक सञ्जालमार्फत बजारमा चलखेल गरेका गुनासो आउने गरेका छन् ।
कारोबार समयमा मनपरी बोल्नेहरु विरुद्ध उजुरी आएपछि मात्र बोर्डले कारबाही गर्ने गरेको धितोपत्र बोर्डका कामु अध्यक्ष महेश बरालले बीमा पोष्टलाई बताए । उनले भने, ‘समाजिक सञ्जालमा कस्ले के लेख्छ भन्ने विषयमा नियमन गर्ने बोर्डको क्षमता पुगेको छैन । सो सम्बन्धी उजुरी आयो भने चाहि हामीले कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
कारोबार चलि रहेको बेला समाजिक सञ्जालमा तथानाम बोल्ने विरुद्ध छुट्टै कानुन बनाएर अघि बढ्नु पर्ने बरालको भनाइ रहेको छ । ‘कारोबार समयमा नै शेयर मूल्य प्रभावित पार्ने गरी अभिब्यक्ति दिनेहरु विरुद्ध छुट्टै ऐन बनाएर अघि बढ्नु पर्छ । मैले हिजो संसदीय समितिमा समेत कुरा उठाएको छु’ उनले भने ।
यता, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समेत अभिभावकिय भुमिका खेल्न सकेको छैन । ब्रोकरहरु सीमित माफियाहरुको इसारामा काम गर्दा वा लगानीकर्ता शेयर किनबेचबाट बन्चित हुँदा समेत नेप्सेले कारबाही गर्ने सकेको छैन । अझ नेप्सेको साइट नै थोत्रो भइसकेको छ । एकैपटक लाखौ भिजिटर नेप्सेको बोर्डले धान्न सकि रहेको हुँदैन । जसले लगानीकर्तालाई सास्ती भोग्नु परेको छ ।
शेयर बजारलाई प्रभावित बनाउने गरी लाइभ समयमा नै अभिब्यक्ति दिने माथि कारबाहीको नियम फितलो भएको विश्लेषक तथा लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘लाइभ समयमा शेयर मूल्य प्रभावित हुने गरे अभिब्यक्ति दिनेहरुलाई बोर्डले कारबाही गर्नुपर्छ । अहिले बोर्डको नियम नै फितलो छ । यसलाई परिमार्जन गरेर भएपनि यस्ता कार्यलाई रोक्नु पर्छ ।’
चार घण्टाको लाइभ समयमा बोर्डले नियमन गर्ने लागि छुट्टै टिम बनाउनु पर्ने रौनियारका भनाइ रहेको छ । ‘बजारका लगानीकर्ता घाटा रिकभर तिर लागि रहेका छन् । केहि ब्यक्ति शेयर मूल्य प्रभाव पार्ने गरी बोलि रहेका हुन्छन् । मूल्य प्रभाव पार्ने गरी चलखेल गर्नेहरुलाई धितोपत्र बोर्डले छुुट्टै एक टिम खडा गरी समाजिक सञ्जालमा मनपरी बोल्नेलाई कारबाही गर्नुपर्छ’ उनले भने ।
पुँजीबजारमा उथलपुथलः नियामक मन्द निद्रामा, सांसदको सुझावमा किन शेयर मूल्य प्रभावित ?