तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ आज सकिँदै
२७ श्रावण २०८१, आईतवार ०६:१२
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २७ गते सकिँदैछ । कम्पनीको संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ४ लाख कित्ता र कर्मचारीतर्फको १६ हजार कित्ता शेयरको लक इन सकिने भएको हो ।
लक इन अवधि सकिने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीदबिक्री गर्न पाउने छैनन् ।
कम्पनीले २०७८ साउन ५ गतेदेखि १९ गतेसम्म स्थानीय बासिन्दाका लागि र भदौ ९ गतेदेखि १३ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी भदौ २५ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीतर्फको शेयर लक इन रहने व्यवस्था छ ।