मैलुङ खोला जलविद्युतको २९ लाख ५९ हजार कित्ता शेयरको ‘लक इन’ आज सकिँदै
२६ श्रावण २०८१, शनिबार ०६:१२
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २६ गते सकिँदै छ । संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दातर्फको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीतर्फको १४ हजार ७२६ कित्ता शेयरको लक इन सकिने भएको हो ।
कम्पनीले २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि १९ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी साउन २६ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा रहने व्यवस्था छ ।