टुकुचा खोला छोपेर बनाइएको सडक भासियो

२५ श्रावण २०८१, शुक्रबार १२:११

काठमाडौं । हात्तीसार सडकखण्डमा टुकुचा खोला छोपेर बनाइएको सडक भासिएको छ । काठमाडौं महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*