मिथिला लघुवित्तको नाफा ६०% बढ्यो, ईपीएस कति?

२५ श्रावण २०८१, शुक्रबार १२:००

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकोगत आर्थिक वर्षमा ६०.८५ प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीले गत वर्ष ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष खुद ब्याज आम्दानी ९ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । कम्पनीको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन नाफामा ३०२६.६५ प्रतिशतको भारी वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १८ लाख ९९ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ३८.६६ प्रतिशतले बढेर १८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १३ करोड ५६ लाख २१ हजार रुपैयाँ मात्रै थियो । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा छ । कम्पनीको खराब कर्जा १.३९ प्रतिशतले घटेर ३.३९ प्रतिशतमा झरको छ ।

१९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भको आकार ९६.५५ प्रतिशतले बढेर १२ करोड ७८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*