पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति कार्यालयको भव्य रुपमा उद्घाटन
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको कमलादीमा रहेको बीमक समितिको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो ।
बीमा प्राधिकरणका संचालक कपिल देव ओली, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रबिण रमन पराजुली र बीमक समितिका अध्यक्ष गणेश अधिकारीले सयुक्त रुपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिण रमण पराजुलीले अभिकर्ताहरु र कम्पानी भनेको नङ र मासु जस्तो रहेको बताए । सथै उनले अभिकर्ता र कम्पनीबीच सम्पुर्ण कुरामा सहकार्य गर्दै अगाडी बढेको प्रतिक्रिया दिएका छन ।
नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले नयाँ भवन पाएकोमा सम्पूर्ण नेपाल लाइफका अभिकर्ताहरुलाई बधाई दिदै नियमनकारी निकायको तर्फबाट आवश्यक रहेको सहयोग प्रदान गर्न आफु सधै तयार रहेको बताए । उनले भने, ‘ कतिपय निर्देशिका ल्याउने क्रममा नियमनबाट पनि तयारी नपुगेको पाइएको छ । तर, आउँदो दिनमा अभिकर्ता लक्षित कुनै पनि निर्णय लिदा तथा निर्देशिका ल्याउँदा अभिकर्ताहरुसँग छलफल गरेर मात्र ल्याइनेछ।’
अभिकर्ता संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले कम्पनीका सीईओ प्रविण रमण पराजुली र कर्मचारीहरुलाई अभिकर्ताहरुको निवेदन बमोजिम भवन उपलव्ध गराईदिएको प्रति धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले उपस्थित सम्पूर्ण सहभागिहरुलाई सम्बोधन गर्दै अप्ठ्यारोमा परेका अभिकर्ताहरुको हकहितको लागि समिति सधै तयार रहेको र कम्पनीका कर्मचारी र अभिकर्ताबीच रगत र मासुको सम्बन्ध आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा प्राधिकरणका सञ्चालक कपिल देव ओली, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुली, बीमक समितिका अध्यक्ष गणेश अधिकारी, महासचिव ओम केशी लगायतका देश भरीका प्रदेशस्तरीय अभिकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।