२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध
२५ श्रावण २०८१, शुक्रबार ०९:५२
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण तथा आपूर्ति (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा समावेश गरेको छ ।
कार्यालयले साउन २५ गते एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा समावेश गरेको जानकारी दिएको हो ।
कार्यालयले २ ठेकेदार कम्पनीलाई ३ वर्ष, १५ ठेकेदार कम्पनीलाई २ वर्ष, ४ ठेकेदार कम्पनीलाई १ वर्ष ६ महिना, ४ कम्पनीलाई १ वर्ष ३ महिना र थप ४ वटा ठेकेदार कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समावेश गरेको अवधिभर ती ठेकेदार कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउदैनन् ।