कालिका लघुवित्तको नाफा १३४% वृद्धि, कस्ता छन् अन्य सूचक?

२५ श्रावण २०८१, शुक्रबार ०९:१०

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३४.०३ प्रतिशत धेरै हो ।
अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड ६९ लाख रुपैयाँ मात्रै थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २५ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १.५५ प्रतिशत बढेर २९ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १७४ प्रतिशतले बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको वितरणयोग्य नाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ३७ करोड २३ लाख रुपैयाँ रहेको यस कम्पनीको गत वर्ष जगेडा कोषमा ३१ प्रतिशत बढेर २७ करोड ६ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत वर्ष कम्पनीको निक्षेप तथा सापटी ६.४४ प्रतिशत बढेर ३ अर्ब ४९ करोड रुपैयाँ र कर्जा लगानी ५.१९ प्रतिशत बढेर ३ अर्ब ९० करोड रुपैयाँ पुगको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा छ भने मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ । कम्पनीको खराब कर्जा १.०६ प्रतिशतले घटेर ३.७९ प्रतिशतमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*