भ्रष्ट मन्त्रीले गरेको निर्णय सर्वोच्च अदालतले उल्टायो
काठमाडौँ । भ्रष्ट मन्त्रीका रुपमा चिनिने उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाएको छ । खड्काले प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशन नमानेको भन्दै विद्युत प्राधिकरणका संचालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेका थिए ।
दुबै संचालकले उद्योगहरुले वक्यौता रकम नदिएसम्म प्रधानमन्त्रीको निर्देशन बमोजिम लाइन जोडन् नहुने मत राखेका थिए । उक्त मत राखेपछि मन्त्री खड्काले दुबैलाई पदमुक्त गरेका थिए । तर, सर्वोच्चले पदमुक्त नगर्ने अन्तिम आदेश दिएको हो ।
खड्कालाई लैनचोर स्थिर नेपाल इस्काउको सरकारी जग्गा कब्जा गर्ने भ्रष्टाचार गरेको आरोप छ ।
भ्रष्ट मन्त्रीद्वारा विद्युत प्राधिकरणका दुई संचालकलाई पदमुक्त, वक्यौता नर्तिनेले पाए उन्मुक्ति