सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी

२४ श्रावण २०८१, बिहीबार १६:३१

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

२०८१ असार २३ गते मलेशियामा वैदेशिक रोजगारीको क्रममा खोलागाउँ–५, सिन्धुली निवासी बीमित मोहन बहादुर श्रेष्ठको निधन भएको थियो । वैदेशिक रोजगारीमा जाने क्रममा उनले कम्पनीबाट वैदेशिक रोजगार बीमा गरेको थिए ।

सोही बीमा बापतको मृत्यु दाबी भुक्तानी कम्पनीबाट चाबहिल शाखाबाट शाखा प्रमुख मनिष पौडेलले मोहन बहादुर श्रेष्ठको श्रीमती सिता श्रेष्ठ लाई हस्तान्तरण गरेका हुन् । दावी भुक्तानी छिटो र सहजै बनाइदिएकोमा सिता श्रेष्ठले कम्पनीलाई आभार ब्यक्त गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*