जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
२४ श्रावण २०८१, बिहीबार १६:२३
काठमाडौं । जापानमा बिहीबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प स्थानीय समयअनुसार ४ः३४ बजे गएको हो ।
भूकम्पको दक्षिणपश्चिम क्षेत्रको क्युशु केन्द्रविन्दु भएर गएको हो । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।