पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

२४ श्रावण २०८१, बिहीबार १२:४४

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीलाई आईपीओ जारी गर्न विद्युत नियमन आयोगले गत साउन २२ गते सहमति दिएको हो । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउनेछ ।

कम्पनीले रामेछापको खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको २०८१ सालभित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल र  नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त समेत गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*