फाइनान्स कम्पनीको नाफा पाँच गुणाले बढ्योः प्रतिशेयर आम्दानी समेत सन्तोषजनक, लाभांश क्षमतामा भने खस्कियो

२४ श्रावण २०८१, बिहीबार १२:४९

काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफा पाँच गुणाले बढेको छ । हाल संचालनमा रहेका १५ कम्पनी मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ वटा फाइनान्स कम्पनीहरुले ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा भने ५.५५ गुणा (४५५.६२ प्रतिशत ) बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ४५५.६२ प्रतिशतले बढेको हो ।

अधिकांश कम्पनीहरुले नाफा बढाएका छन् । अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीहरुले गत वर्ष भने नाफामा देखिएका छन् । १४ फाइनान्स मध्ये सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा रहेको छ । गत आर्थिक वर्षको १२ महिनामा कम्पनीले २६ करोड ५८ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको गुडविल फाइनान्सले गत वर्षमा भने नाफामा छलाङ मारेको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । तर, गत वर्ष भने व्यापाक सुधार गरि १४ करोड ८४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ।

यसअवधिसम्ममा आइसिएफसि फाइनान्सले ११ करोड ८६ लाख ४८ हजार रुपैयाँले नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १५ करोड ४५ लाख रुपैयाँको नाफा कमाएको थियो ।

यता, गोर्खाज फाइनान्सले नाफामा समेत लोभलाग्दो सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी २३ लाख ५९ हजार रुपैयाँ घाटामा थियो । तर, गत वर्ष आइपुग्दा भने कम्पनीको नाफामा १० करोड ८९ लाख रुपैयाँ धनात्मक छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म श्री इन्भेष्टमेन्ट फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको २ करोड ८९ लाख रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको २ करोड ९ लाख रुपैयाँ, नेपाल फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्टको १ करोड ५४ लाख रुपैयाँ र बेष्ट फाइनान्सको ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा चार कम्पनीको नाफा ऋणात्मक रहेको छ । प्रोगेशिभ फाइनान्स ३ करोड रुपैयाँ, सेन्ट्रल फाइनान्स ६ करोड रुपैयाँ, पोखरा फाइनान्स १० करोड र जानकी फाइनान्स १३ करोड रुपैयाँ नोक्सानमा रहेको छ ।

प्रतिशेयर आम्दानीमा को कति बेलियो ?

नाफामा अग्र स्थानमा रहेको मञ्जु श्री फाइनान्स प्रतिशेयर आम्दानीमा समेत अब्बल देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको उक्त आम्दानी १८.२९ रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष ऋणात्मक रहेको गुडबिल फाइनान्सको प्रतिशेयर आम्दानी गत वर्षमा भने १५ रुपैयाँ ५९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको थियो ।

त्यस्तै, गोर्खाज फाइनान्सको १२ रुपैयाँ ५५ पैसा, श्री इन्भेष्टमेन्टको ६ रुपैयाँ ८१ पैसा, मल्टीप्रपोज फाइनान्सको ५ रुपैयाँ ६ पैसा, रिलायन्स फाइनान्सको २ रुपैयाँ ५८ पैसा रहेको छ ।

लाभांश क्षमतामा भने कमजोर

लाभांश क्षमतामा भने कम्पनीहरु कमजोर देखिएका छन् । १४ फाइनान्समध्ये ९ कम्पनी भने लाभांश दिनै नसक्ने अवस्थामा छन् । यसअवधिमा मञ्जुश्री फाइनान्सले ७.९६ प्रतिशत लाभांश दिन सक्ने छ ।

साथै, आइसीएफसि फाइनान्सको ३.९९ प्रतिशत, गुहेश्वरी मर्चेन्टको २.८५ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको २.४५ प्रतिशत र श्री इन्भेष्टमेन्ट समूहको २.४२ प्रतिशत लाभांश क्षमता रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*