वर्ष दिनमा जीवन बीमकको म्यादी बीमा व्यवसाय तीन अर्ब बढी, सन नेपाल–नेपाल लाइफ र आइएमई अग्रस्थानमा

२४ श्रावण २०८१, बिहीबार ११:४४

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत तीन अर्ब १२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २० लाख ६९ हजार बीमा पोलिसी बिक्री गर्दै उक्त बीमा शुल्क आर्जन गरेको हो ।

समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक बीमालेख मार्फत सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । नेपालमा स्थापित भएका ठूला–ठूला कम्पनीलाई पछि पार्दै यस अवधिमा ८४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस अवधिमा उक्त कम्पनीले ६ लाख ५६ हजार १३४ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

नेपाल लाइफले वैदेशिक बीमालेखबाट ६२ करोड आठ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा चार लाख ९२ हजार ३९३ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

साथै, आइएमई लाइफ इन्स्योरेन्स पनि व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको छ । आइएमई समुहको लगानी रहेको कम्पनीले गत आवमा ३५ करोड ३५ लाख रुपैयाँको व्यवसाय वैदेशिक बीमालेखबाट गरेको छ । यस अवधिमा कम्पनीले एक लाख ९३ हजार ९४८ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

एशियन लाइफ इन्योरेन्सले ३० करोड ३१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७९ हजार ६४४ जनाको बीमा गरेको छ ।

रिलायबल नेपाल लाइफले १७ करोड ८० लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड पाँच लाख रुपैयाँ, सूर्य ज्योति लाइफले दुई करोड ५६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*