सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त
२४ श्रावण २०८१, बिहीबार १०:२७
काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।
बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिएका छन् ।
निरौला मोरङका रतुवामाई नगरपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौंको बत्तीसपुतली बस्दै आएका छन् ।