नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त
२४ श्रावण २०८१, बिहीबार १०:३५
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद रिक्त रहेको छ । कम्पनी सञ्चालक समितिकी अध्यक्ष इश्वरी प्रसाद अर्यालले यहि साउन १८ गतेदेखि अवकाश लिएपश्चात कम्पनीको अध्यक्ष पद रिक्त भएको हो ।
नेपाल सरकारको २०७९ मंसिर १९ गतेको निर्णयानुसार अर्को व्यवस्था नभएसम्मको लागि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेकी सञ्चालक इश्वरी प्रसाद अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको थियो । उनले कम्पनीको अध्यक्षको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्दै आएकिछिन् ।
कम्पनीले अध्यक्ष रिक्त रहेको कुरा सरकार लगायत सम्बन्धित निकायहरुलाई जानकारी गराईसकेको जनाएको छ ।