प्रोग्रेशिभ फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा

२४ श्रावण २०८१, बिहीबार ०७:४६

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । कम्पनीले बिक्रीमा राखिएको शेयर सङ्ख्या भने खुलाएको छैन ।

शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यको बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने सूचनामा भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*