नेशनल लाइफद्धारा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

७ भाद्र २०७८, सोमबार १७:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौं शाखाले भदौ ४ गते पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्तालाई पुनर्ताजगी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो ।

काठमाडौं शाखाका प्रमुख जयराम धितालको अध्यक्षतामा तथा रत्न श्रेष्ठको संयोजकमा कार्यक्रम संचालन गरिएको थियो भने उक्त कार्यक्रममा प्रमुख आतिथ्यतामा कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापा सहभागी रहेका थिए ।

सोही कार्यक्रमको अवसरमा कम्पनीले उपस्थित अभिकर्ताहरुलाई स्वागत गरी सम्मान गरेको थियो । साथै धेरै प्रिमियम संकलन गर्न सफल तीनजना अभिकर्तालाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

काठमाडौं शाखा प्रमुख धितालले कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीले केही समय अघि बजारमा ल्याएको नयाँ बीमा योजनाको बारेमा जानकारी दिएका थिए । त्यस्तै, कार्यक्रममा संयोजक श्रेष्ठ र प्रमुख अतिथि थापाले अभिकर्ताको मनोबल बढाउने अभिव्यक्ति दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*