हिमालयन रि र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२३ श्रावण २०८१, बुधबार १५:०७
काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज एक अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ५५ करोडढ ७३ लाख रुपैयाँ, शिवम् सिमेन्टको ४६ करोड २१ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ ।