ग्रामीण विकास लघुवित्तमा ८५ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८५ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा ५ जना माग गरेको छ । यसका लागि लाइसेन्स प्राप्त गरी ५ वर्षको कार्यानुभव भएको र एसईई परीक्षा उत्र्तीण गरेकाले आवेदन दिन पाउनेछन् । अर्काे कनिष्ठ सहयोगी पदको प्रशासन सेवामा ८० जना माग गरेको छ । यसमा एसईई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् ।
उमेरको हदमा कनिष्ठ चालकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र कनिष्ठ सहयोगीका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने काजगात सहित २५ दिनभित्र दरखास्त फाराम बुझाउनु पर्नेछ ।
[email protected]