शुभलाभ बचतको वार्षिक साधारण सभा भदौ २७ गते, कोषको बाँडफाँड तथा लाभांश वितरण मुख्य एजेण्डा

७ भाद्र २०७८, सोमबार १५:४८

काठमाडौं । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते दखि भदौ ३१ गते सम्म साधारण सभा डाकेको हो ।

संस्थाको भदौ ४ गते बसेको संचालक समितिको बैठकबाट कोरोना भाइरसको कारणले नेपाल सरकारबाट घोषित निषेधाज्ञा अवधिभर सभा सम्मेलन गर्ने निषेध गरिएको सूचनालाई मध्यनजर गर्दै संस्थाको १५ औं वार्षिक साधारण सभा उक्त मितिमा हुने निर्णय भएको हो ।

संस्थाको सभा संस्थाको कार्यालय कुलेश्वर काठमाडौंमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को लेखा समिति तथा लेखा परीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

साथै आव २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिने एजेण्डा रहेको छ ।
त्यस्तै संस्था मर्जर गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, कार्य क्षेत्र तथा सेवा केन्द्र सेवा विस्तार र कोषको बाँडफाँड तथा लाभांश वितरण जस्ता साधारण सभाका एजेण्डा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*