एचआइडीसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

७ भाद्र २०७८, सोमबार १२:५३

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को हकप्रद शेयरमा आवेदन दिने भोली (भदौ ८ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन ५ गतेदेखि साउन २५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिने अवधि तोकेकोमा कोभिड महामारीको कारण भदौ ८ गतेसम्म आवेदन म्याद थपेको थियो । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

जसअनुसार भदौ ६ र ७ गते सार्वजनिक बिदा परेकाले मंगलबार (भदौ ८ गते) सम्म छुटेका शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । भोली बैकिङ समयसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते नै बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त शेयरमा आवेदन दिन पाउनेछन् ।

उक्त हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*