अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

२२ श्रावण २०८१, मंगलवार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ४६ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ८६ पैसा कायम भएको हो ।

आज एक साउदी अरेबियन रियालको बिक्रीमूल्य ३५ रुपैयाँ ८२ पैसा र खरीदमूल्य ३५ रुपैयाँ ६६ पैसा छ । कतारी रियाल एकको खरीदका लागि ३६ रुपैयाँ ७० पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ८७ पैसा तोकिएको छ । आज यूएई दिराम एक बिक्रीका लागि ३६ रुपैयाँ ६१ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

आज एक मलेसियन रिंगिटको खरीदभाउ ३० रुपैयाँ २५ पैसा र बिक्रीभाउ ३० रुपैयाँ ३९ पैसा छ । त्यस्तै १० जापानीज यनको बिक्रीमूल्य ९ रुपैयाँ ४२ पैसा, एक सिंगापुरे डलरको बिक्रीमूल्य १०१ रुपैयाँ ७७ पैसा र एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८६ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*