लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

२२ श्रावण २०८१, मंगलवार ०६:३२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बैंकले गत असार १६ गते बिक्रीमा राखेको थियो । तर तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि बैंकले सर्वसाधारणले मात्रै खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*