आन्दोलनकारीहरुको दबावमा गिरफ्तारी र सम्भावित मृत्युदण्डको सजायको भयले देश छाडिन प्रधानमन्त्री शेख हसिना
काठमाडौं साउन २१, बङगलादेश प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेका छन् समाचार छ ।
बंङगलादेशमा भारत–पाकिस्तान विभाजन हुँदा मारिएका परिवारहरुका लागि दिइदै आएको कोटा प्रणालीको विरुद्ध खारेजीको माग राखेर आन्दोलनमा होमिएका ३०० जनाभन्दा बढी विद्यार्थीको ज्यान गएको र ३ सय भन्दा बढी घाइते हुनेगरि आन्दोलनमाथि दमन गरेपछि । उनलाई हिंसा भड्काएको, आफ्नो दललाई समेत आन्दोलनकारी जनताको विरुद्ध सडकमा उतारेको आरोपमा गिरफ्तार गर्ने र सम्भावित यही हिंसात्मक गतिविधि गर्न उक्साएका कारण मृत्युदण्डको सजायँ समेत हुने विश्लेषण गरेकाले प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर सुतुक्क देश छाडेर भारततिर भागेको विश्लेषकहरू बताउँछन् ।
सरकारविरोधी आन्दोलनका क्रममा आइतावार मात्र कम्तीमा ९४ जनाको मृत्यु भएको जनाएको छ ।
आजै सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौं प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि । सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । सेनाप्रमुखले विभिन्न नेताहरूसँग समते छलफल गरेका थिए ।
स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट हेलिकप्टर चढेर देशबाट बाहिर गएका हुन् ।
हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ ।
बङ्गला भाषाको पत्रिका ‘प्रोथोम आलो’को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले ‘साउण्ड ग्रिनेड’ र अश्रुग्यास प्रहार गरेको थियो ।
ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको थियो ।
जुलुस हिंसक बन्न सक्ने आशंका गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ ।
सेनाप्रमुख वकार–उज–जमानले स्थानीय समयानुसार अपरान्ह २ बजे सम्वोधन गर्न लागेका बताइएको छ । ढाका विश्वविद्यालय, बंङगलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीका गस्तीहरू परिचालन गरिएको जनाएको छ ।
ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर सडकमा आवतजावत रोकेको जनाएको छ ।
प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँ–ठाउँमा भिडन्त भएपछि धेरैको ज्यान गएको जनाएको छ । समाचार स्रोतका अनिश्चितकालीन कर्फ्यू लागेको भएपनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था रहेको पनि जनाएको छ ।
आइतवार देशका विभिन्न स्थानमा भएको हिंसामा ९४ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले जनाएको छ
नागरिक अवज्ञामा सहभागी हुनु भन्दै दशौं हजार प्रदर्शनकारीहरू शाहवाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए । त्यसलाई “ढाकासम्मको लामो मार्च’’ भनिएको छ ।
केही साताअघि बंगलादेश पाकिस्तान छुट्टिनेबेलामा मारिएका सहिदहरूका परिवारलाई आरक्षण गरिराखेको ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू प्रधानमन्त्रीको राजीनामाको माग सहित आन्दोलित भएका थिए ।
बङ्गलादेशको गृह मन्त्रालयका अनुसार सबै प्रमुख शहरका साथै, नगरपालिका, औद्योगिक क्षेत्र र सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएका छन् ।
आइतवारकै प्रदर्शनका क्रममा ९४ जनाको मृत्यु झन्डै २०० जना घाइते भएको विवरण आएका छन् ।
उक्त संख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट संकलित विवरणमा आधारित भएको जनाएको छ ।
बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्वोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् ।
प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै “समाधान“ हासिल हुने पनि बताए । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भने गरेको छैन ।
सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । ढाकामा हजारौं प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्वोधन गर्ने सूचना सार्वजनिक भएको थियो ।
हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बङ्गलादेशका सेनाप्रमुख वकार उज–जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका छन् ।
“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गछौंं । सेनापतिले भनेको समाचार जनाएका छन् ।
हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरेका छन् ।
ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् ।
उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा “समाधान निस्किने’’ अपेक्षा गरेको बताए । यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने बारेमा स्पष्ट हुन बाँकी छ ।
बङगलादेशका सेनाप्रमुखले विगत केही सातामा सयौं जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग’’ सम्वोधन गरिने बताए ।
उनले शान्ति सुव्यवस्था कायम गर्न सघाउन आग्रह गरेका छन् । उनले भनेका छन् द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
“यो आफ्नो कार्यकालमा उनले भोगेको सबैभन्दा कडा चुनौती हो ।
अवस्था थियो ।
स्रोत ः बिबिसी नेपाली सेवा÷एएफपी