हिमालयन रि इन्स्योरेन्सको साढे १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति पुग्यो ?

२१ श्रावण २०८१, सोमबार १५:२०

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आज सर्वाधिक शेयर कारोबार भएको छ । सोमबार कम्पनीको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयर मूल्यमा समेत उच्च वृद्धि भएको छ । यसदिन कम्पनीको शेयर प्रतिकित्ता ९.७४ प्रतिशत अर्थात् ७५ रुपैयाँले बढेर ८४५ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*