लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । कम्पनीले साउन १७ गते (शुक्रबार) को दिनदेखि सो बीमा पोलिसी बिक्री गर्न सुरु गरिएको कम्पनीका सुचना अधिकारी दिगबिजय सिंगलले जानकारी दिए ।
यस बीमालेख अन्तर्गत १ महिना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह/ब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ ।
यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युनतम बीमांक रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमांक पाँच लाख रुपैयाँसम्म लिन सकिनेछ
कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरु निम्नलिखित रहेका छन् ।
बीमालेखका विषेशताहरु
क) आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना ।
ख) बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय (Guarantee Income) सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने ।
ग) बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुवा/आमा/कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने ।
घ) बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा रु.२५ प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा रु.३५ प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत (Guarantee Income) गरिएको छ ।
ङ) सस्तो/किफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना ।
च) Online माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने ।
छ) उक्त बीमालेखसंग प्रस्तावकले दुर्घटना मृत्यु लाभ (ADB) तथा पूर्ण स्थायी अशक्तता लाभ (ATPD) सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने ।
यस बीमा योजनाबाट लाभ लिन कम्पनीका कार्यालयहरुमा वा अभिकर्ता वर्गलाई सम्पर्क गरी विस्तृत जानकारी लिन तथा बीमालेख खरिद गर्न सम्पूर्ण ग्राहकवर्गहरुलाई अनुरोध गर्दछौं ।
बच्चा को जोखिम बहन तत्काल नै हुने कि केही समय पर्खिनु पर्ने हो?