महुली लघुवित्तका सीईओ गंगाधर पाण्डेले दिए राजीनामा

२१ श्रावण २०८१, सोमबार १४:२८

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले राजीनामा दिएका छन् ।

कम्पनीको सीईओ पदमा कार्यरत रहेका गंगाधर पाण्डेले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी पाण्डेको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव सरोज कुमार सिंहले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*