गार्डियन माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

२१ श्रावण २०८१, सोमबार १२:५५

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट सिईओ चिरायु भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर निष्काशन गर्न लागेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरीद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*