लाभांश क्षमतामा अग्रस्थानमा एभरेष्टः २० वाणिज्य बैंकमध्ये कुनले कति दिन सक्छन् ? (तथ्यांकसहित)
काठमाडौँ । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश एभरेष्ट बैंकले दिने देखिएको छ । गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय अवस्थालाई हेर्दा सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको रहेको हो ।
एभरेष्ट बैैंकले गत आर्थिक वर्षको नाफाबाट २९.८६ प्रतिशत लाभांश दिन सक्ने छ । जुन लाभांश क्षमता वाणिज्य बैंक मध्यकै बढी हो । बढी लाभांश दिन सक्ने दोस्रो नम्बरमा स्टान्र्डड चाटर्ड बैंक रहेको छ । बैंकले अब २६.५ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।
लाभांश क्षमतामा तेस्रो नम्बरमा कृषि विकास बैकले १७.३७ प्रतिशत, चौथो नम्बरमा नबिल बैंकको १४.२६ प्रतिशत, पाँचौ नम्बरमा नेपाल एसबिआइ बैंक १०.७६ प्रतिशत, छैटो नम्बरमा सानिमा बैंकको १०.४ प्रतिशत र सातौ नम्बरमा प्राइम कमर्सियल बैंको ६.१८ प्रतिशत रहेको छ ।
त्यस्तै, समिक्षा वर्षका लागि लक्ष्मी सनराइज बैंकले ५.५५ प्रतिशत, नेपाल बैंकले ५.२४ प्रतिशत, प्रभु बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.३४ प्रतिशत, माछापुच्छे« बैंकको ४.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.७२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३.०६ प्रतिशत, सिद्धार्थ बैंकको २.६ प्रतिशत र एनएमबि बैंकको १.३ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।