लक्ष्मी सनराइज बैंकको नाफामा लोभलाग्दो सुधार, प्रतिशेयर आम्दानी समेत वृद्धि हुँदा अन्य सूचक कस्तो ?

२१ श्रावण २०८१, सोमबार ०७:४६

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एक वर्षको अवधिमा ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनि गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । जुन अघिल्लो आर्थिक वर्ष तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ११ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसमममा ३ अर्ब २७ करोड ६० लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३५.९९ प्रतिशतले बढाएर ४ अर्ब ४५ करोड ४९ लाख रुर्पैयाँ पुराएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र खराब कर्जा २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको हो । यसअवधिमा कम्पनीको चुक्तापूँजी २३ अर्ब १८ करोड रुपैयाँ, बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित, निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*