हिमालयन बैंकको नाफा ८१% बृद्धि, ईपीएस पनि बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईपुग्दा हिमालयन बैंक लिमिटेडको नाफा ८१ दशमलव ६० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको यस बैंकले गत वर्ष २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा गर्न सफल भएको हो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७ दशमलव १२ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब ९२ करोड ७ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी पनि १३ दशमलव ५३ प्रतिशतले बढेर १३ अर्ब १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ५७ करोड ७८ लाख कुल सञ्चालन आम्दानी गरेको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ४२ दशमलव ७६ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँमा झरेको छ । यससँगै बैंकको सञ्चालन नाफा ६७ दशमलव ४३ प्रतिशले बढेर ५ अर्ब १६ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ अर्ब ८ करोड २९ लाख रुपैयाँ थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ३ अर्ब २४ करोड २६ लाख रुपैयाँ ऋणात्मक थियो । गत वर्ष बैंकको खराब कर्जा ० दशमलव ०२ प्रतिशतले घटेर ४ दशमलव ९१ प्रतिशतमा झरेको छ भने आधारदर १ दशमलव ७८ प्रतिशतले घटेर ९ दशमलव ०८ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ९२ पैसाले बढेर १३ रुपैयाँ १ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ९ पैसा रहेको छ ।
गत वर्षको असार मसान्तसम्म बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ४७ दशमलव ४७ प्रतिशतले बढेर २२ अर्ब ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङमा ५ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ अघिल्लो वर्ष ३ अर्ब २४ करोड २६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
गत वर्ष बैंकले २ खर्ब ३२ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरेको छ भने २ खर्ब ९३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।