मौद्रिक नीतिले गिरेको मानसिकता माथि उठ्यो, यसलाई निरन्तरता दिन्छौं: गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले गिरेको मानसिकतालाई माथि उठाउने काम गरेको बताएका छन् । अडानको १९ औ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गिरेको मानसिकता बलियो बन्दै गएको बताउँदै यसलाई निरन्तरता दिने बताए । उनले भने, ‘ हामिले ल्याएको मौद्रिक नीतिले गिरेको मनोबल निकै माथि उठेको पाएका छौँ । यसरिनै निरन्तरता दिने छौ । सुधार भएको मानसिकतालाई थप उत्साहित बनाउदै लैजाने छौ ।’
अघिल्लो बर्ष भन्दा यो बर्ष मौद्रिक निती निकै लचिलो आएको समेत अधिकारीको तर्क छ । आन्तरिक अवस्थालाई केलाएर मौद्रिक नीति ल्यौएको बताए।
साथै, अडानको भुमिका अर्थतन्त्रमा ठुलो भुमिका रहेको उनले बताए । ‘लेखापरीक्षण नेपालमा सम्भाबना धेरै ठुलो रहेको छ । आर्थिक शिथिलताबारे माथि बस्ने मान्छे भन्दा लेखापरीक्षणले बढि देखेको छ । नीति निर्माणामा तपाइहरुको भुमिका ठुलो छ’ उनले भने ।