अर्थतन्त्रमा देखिएको शिथिलता चिर्दै निरासालाई आशा बदल्ने काम सरकारको हुन्छ : अर्थमन्त्री

२० श्रावण २०८१, आईतवार १८:१९

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले देशमा देखिएको शिथिलतालाई चिर्दै आशा जगाउने सरकारको मुख्य भुमिका रहने बताएका छन् । अडानको १९ औ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले देशमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने सरकार सकारात्मक भएर लागि परेको बताए । उनले भने, ‘जनताको जुन प्रकारमा निरासा छ त्यो निराशा चिर्दै आशा जगाउने काम सरकारले गर्ने छ । जबसम्म देश आर्थिक रुपमा सम्पन्न नभएसम्म जनताले न्यायको अनुभुति हुन्छ । अर्थतन्त्र देखिका निरास चिर्दै काममा सरकार अग्रसर भएर लाग्ने छ।’

उनले राजनीति अस्थिरताबाट देशमा अब स्थिर सरकार निर्माण भएको उनको तर्क छ । यो सरकारले जनताको हितमा काम गर्न विश्वास दिलाए ।

अर्थतन्त्र अडानको ठुलो भुमिका रहेको समेत पौडेलको तर्क थियो । अडानले लेखापरीक्षण हुने अनैतिक कार्य रोक्न भुमिका खेल्नुपर्ने बताए। उनले पछिल्लो समय देशका विभिन्न उद्योग सञ्चालन गर्दैै आएका निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्दैै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*