ग्रामिण विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

६ भाद्र २०७८, आईतवार १८:४०

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । संस्थाले छैठौ वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ ।
कम्पनीको साधारण सभा प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे बसेको थियो । उक्त सभाले मर्जर तथा एक्विजिसन सम्बन्धी कार्य सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरेको छ ।

यसका साथै संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक वित्तीय संस्था कम्पनी र शेयर सदस्यहरु बाट प्रतिनिधित्व हुने गरी २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि पेश गरीएको जनाएको छ । शेयरधनीहरु मध्येबाट २ जना निर्वाचित सञ्चालक चयन गर्न र लेखापरीक्षण नियुक्त गर्न प्रस्ताव समेत पेश गरीएको छ ।

कम्पनीले साउन २५ देखी भदौ ५ गतेसम्म साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरेको हुदा साउन २४ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*