कुलमानलाई अख्तियार-सीआईबी र राजस्व अनुसन्धान लगाउने योजना, के छ लेखा समितिको प्रतिवेदनमा ?
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिन गर्न प्रतिवेदन तयार पारेको छ ।
टिओडी मिटरको डेटा सुरक्षित नराखेको, सार्वजनिक रुपमा निर्माण भएको छविका आधारमा काम कारबाही गर्न खोजेको, राज्य कोषमा जम्मा हुनुपर्ने रकम नउठाएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई लेखि पठाउने तयारी गरेको हो ।
शुक्रबारको बैठकपछि लेखा समितिका सभापति ऋषिकेष पोखरेलले निर्णय गराउने तयारी गरेका थिए तर कांग्रेस, माओवादीसहितका दलले साथ नदिएपछि निर्णय गराउन सकेनन् । एमालेबाहेकका सांसदले हतार गर्न नहुने बताएपछि सभापति पोखरेल ब्याक भएका थिए ।
समितिको उक्त प्रतिवेदन गत शुक्रबारको बैठकमा पारित गराउने कोसिस समिति सभापति पोखरेलले गरेका थिए । तर उनको उक्त प्रयासमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदरहरूले साथ दिएनन् ।
lekha-samiti-lai-report_pdf_240804_161510