एक वर्षमा समाज लघुवित्तले कमायो ५१ लाख, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?
काठमाडौँ । एक वर्षको अवधिमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार यस्ता देखाएको हो । जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३२.३४ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ७५ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, अघिल्लो वर्ष ७९ लाख ५६ हजार रुपैयाँ सञ्चालन घाटा रहेको यसको असारसम्म आइपुग्दा बढेर २ करोड ३० लाख रुपैयाँ भएको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ, जगेडा कोष २ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २२ रुपैयाँ ४५ पैसा नोक्सानी र प्रतिसेयर नेटवर्थ भने २२९ रुपैयाँ ९७ पैसा छ ।